Media Network

पञ्चायतदेखि नै अध्यक्ष बनेका ब्यञ्जनकार


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

काठमाडौं । ललितपुर महानगरपालिका १० ज्वागल निवासी नरसिंह ब्यञ्जनकार यो पटक पनि चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । उमेरले ८१ वर्ष पार गरिसकेका ब्यञ्जनकारलाई चुनावमा उठ्न कुनै पार्टी चाहिँदैन । वि.सं. २०२९ सालदेखि उनी लगायतार वडाध्यक्ष जित्दै आएका छन् । 

पछिल्लो पटक २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उनी ललितपुर १० नम्बर वडाबाट स्वतन्त्रबाटै वडाध्यक्ष निर्वाचित भएका थिए । उनी सबै राजनीतिक पार्टीको कार्यक्रममा पनि निर्वाध रुपमा सहभागी हुन्छन् । 

वडामा सधै लखरलखर हिँड्ने ब्यञ्जनकारलाई यो पटक नउठ्न उनकै भतिजोले आग्रह गरेका थिए । कांग्रेसबाट वडाध्यक्ष उठ्न लागेको आफ्नै भतिजोको आग्रहलाई पनि उनले बेवास्ता गर्दै आइतबार वडाध्यक्षका लागि उम्मेदवार मनोनयन दर्ता गराएका छन् । नेवार समुदायको बाहुल्यता रहेको यो वडामा ब्यञ्जनकार सबैका वडाबासीका प्रिय छन् । वडा नम्बर १० ले अहिलेसम्म क्लवमा कार्यालय सञ्चालन गर्दै आएको छ । वडामा खासै काम नदेखिए पनि उनी वडाबासीको मनमा बसिरहेका छन् । 

आइतबार उम्मेदवार मनोनयन दर्ता गर्दै गर्दा उनले आफूले सुरु गरेका काम अपुरो रहेकाले पुनः उम्मेदवारी दर्ता गरेको बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद