Media Network

प्रचण्ड र आरजुलाई निर्वाचन आयोगले माग्योे २४ घण्टे स्पष्टीकरण (पत्रसहित)


खबरस्टोरी संवाददाता

२८ बैशाख २०७९,बुधबार

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।

प्रचण्डलाई चितवनमा आयोजित गठबन्धनको सयुक्त आमसभामा उम्मेदवार रेणु दाहाललाई पराजित गराए देश दुर्घटना जानेछ भन्ने अभिव्यक्ति दिएकाले आयोगले स्पष्टीकरण सोधेको हो ।

मतदातालाई धम्क्याउने उद्देश्यले दिएको सो अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै आयोगमा निवेदन परेको थियो ।यस्तै कांग्रेस नेतृ देउवालाई गठबन्धन उम्मेदवारलाई जिताए हरेक वडाबाट ४, ५ जनाका दरले निःशुल्क रूपमा भिसा टिकेटको व्यवस्था गरी मलेसिया पठाउने विषयहरू बोलेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।आयोगले उनीहरु दुवैलाई २४ घण्टाभित्र जवाफ माग गर्दै पत्र काटेको छ  ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद