यस्तै, मेयरमा उम्मेदवार नेकपा एमालेका केशव बोहराले २ हजार ६०६ मत प्राप्त गरे । एमालेका बोहरालाई नेपाली काँग्रेस विपीले समेत समर्थन जनाएको थियो ।
उपप्रमुखमा भने नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रकी विमला महत ५ हजार ८८५ मत प्राप्त गरी विजयी भइन् । महतकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कलावती बोहराले ४ हजार ५९३ मत प्राप्त गरिन् ।
परशुरामका १२ वडामध्ये ७ वडामा माओवादी केन्द्र र ५ वडामा काँग्रेस विजयी भएको छ । २०७४ को निर्वाचनमा पनि काँग्रेसका भीमबहादुर साउद नगर प्रमुख पदमा निर्वाचित भएका थिए ।