Media Network

प्रदेश १ मा कांग्रेस र एमालेकै बर्चश्व, कसकसले जिते ? (सूचीसहित)


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०७९,मंगलवार

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ बाट प्रदेश १ मा प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेकै बर्चश्व कायम रहेको छ । 

१४ जिल्ला रहेको प्रदेश १ मा नेपाली कांग्रेसले ६८ पालिका जितेर पहिलो स्थान कायमै राख्यो भने एमालेले ४८ स्थानीय तहमा जित हासिल गर्यो । 

नेकपा माओवादी केन्द्र भने एमाले भन्दा तेब्बर कम १२ स्थानीय तहमा मात्रै जित हासिल गर्यो । 

प्रदेश १ का संखुवासभा, तेह्रथुम, धनकुटा र मोरङमा कांग्रेस र एमालेले मात्रै जित हासिल गर्यो । चार जिल्लामा माओवादी, एकीकृत समाजवादी, जसपा, राप्रपा लगायतका अन्य सबै दलको प्रतिनिधित्व सून्य रहेको छ । 

यी चार जिल्लासहित इलाम, झापा र सुनसरी जिल्लाका कुनै पनि पालिकामा माओवादी केन्द्रको जनप्रतिनिधि सून्य बन्यो । 

प्रदेश १ को १ सय ३७ पालिका मध्ये स्वतन्त्रले तीन स्थानीय तहको नेतृत्व हत्याउँदा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जसपा र राप्रपाले दुई दुई पालिकामा मात्रै सिमित रहे । । 

प्रदेश १ मा कसकसले जिते ? 

ताप्लेजुंग,९ पालिका, 

(कांग्रेस ४, एमाले ३, माओवादी केन्द्र २)

आठराई त्रिवेणी गाउँपालिका,  नेपाल कम्युनिष्ट पार्टी (एमाले)

फक्ताङलुङ गाउँपालिका, राजन लिम्बु (माओवादी केन्द्र)

फुङलिङ नगरपालिका, अमिर मादेन नेपाली काँग्रेस

मिक्वाखोला गाउँपालिका, भक्तबहादुर कार्की नेपाली काँग्रेस

मेरिङदेन गाउँपालिका, युक हां विर हांगाम नेपाली काँग्रेस

मैवाखोला गाउँपालिका, विजय प्रकाश वनेम (माओवादी केन्द्र)

पाथीभरा याङवरक गाउँपालिका, केशर कुमार सुब्बा (एमाले)

सिदिङ्वा गाउँपालिका, मान वहादुर राई (एमाले)

सिरीजङ्घा गाउँपालिका, लाल कृष्ण चौहान नेपाली काँग्रेस

पाँचथर ८ पालिका

(कांग्रेस ६, एमाले १, माओवादी १)

कुम्मायक गाउँपालिका, वंमप्रसाद लावती नेपाली काँग्रेस

तुम्वेवा गाउँपालिका, बाबु राम खड्का नेपाली काँग्रेस

फालेलुङ गाउँपालिका, वीर विक्रम थाम्सुहाङ नेपाली काँग्रेस

फाल्गुनन्द गाउँपालिका,बृज हाङ आङदेम्बे नेपाली काँग्रेस

फिदिम नगरपालिका, मित्र प्रसाद काफ्ले नेपाली काँग्रेस

मिक्लाजुङ गाउँपालिका, अमर राज माखिम (माओवादी केन्द्र)

याङवरक गाउँपालिका, भीम बहादुर योङया (एमाले)

हिलिहाङ गाउँपालिका, समर वहादुर अधिकारी नेपाली काँग्रेस

इलाम पालिका १०

एमाले ५, कांग्रेस ४, एकीकृत समाजवादी १

इलाम नगरपालिका, केदार थापा नेपाली काँग्रेस

चुलाचुली गाउँपालिका, राजेन्द्र केरुङ्ग नेपाली काँग्रेस

देउमाई नगरपालिका, सूर्य प्रसाद पोख्रेल (एमाले)

फाकफोकथुम गाउँपालिका, दिपेन्द्र खनाल (एमाले)

माई नगरपालिका, खम्बासिं लिम्बु  (एमाले)

माईजोगमाई गाउँपालिका, कुश बहादुर थेबे (एमाले)

माङसेबुङ गाउँपालिका, हेमन्त राई  (एमाले)

रोङ गाउँपालिका, मनि कुमार स््याबो नेपाली काँग्रेस

सन्दकपुर गाउँपालिका, तुला राम गुरुङ्ग नेपाली काँग्रेस

सूर्योदय नगरपालिका, रनबहादुर राई (एकिकृत समाजबादी)

झापा पालिका १५

(एमाले ७, कांग्रेस ६, राप्रपा २)

अर्जुनधारा नगरपालिका, बलदेव सिंह गोम्देन तामाङ्ग (एमाले)

कचनकवल गाउँपालिका, कालेन्द्रप्रसाद सिंह राजवंशी नेपाली काँग्रेस

कन्काई नगरपालिका, राजेन्द्र कुमार पोखरेल (एमाले)

कमल गाउँपालिका, हुकुमसिंह राई नेपाली काँग्रेस

गौरादह नगरपालिका, छत्रपति सुवेदी (एमाले)

गौरीगंज गाउँपालिका, फुलवति राजवंशी नेपाली काँग्रेस

झापा गाउँपालिका, जय नारायण शाह नेपाली काँग्रेस

दमक नगरपालिका, राम कुमार थापा राष्ट्रिय प्रजातन्त्र पार्टी

बाह्रदशी गाउँपालिका, देवीन्द्र प्रसाद चम्लागाई  (एमाले)

बुद्धशान्ति गाउँपालिका, मनोज प्रसाई नेपाली काँग्रेस

भद्रपुर नगरपालिका, गणेश पोखरेल नेपाली काँग्रेस

मेची नगर नगरपालिका, गोपालचन्द्र बुढाथोकी (एमाले)

विर्तामोड नगरपालिका, पवित्रा देवी महतारा (एमाले)

शिवसताक्षि नगरपालिका, मेगाहाङ्ग थोप्रा (एमाले)

हल्दीवारी गाउँपालिका, रविन्द्र प्रसाद लिङदेन राष्ट्रिय प्रजातन्त्र पार्टी

संखुवासभा पालिका १०

कांग्रेस ६, एमाले ४, 

खाँदवारी नगरपालिका, महेश थपलिया नेपाली काँग्रेस

चिचिला गाउँपालिका, पासाङ नुर्वु शेर्पा नेपाली काँग्रेस

चैनपुर नगरपालिका, कृष्णकुमार तामाङ्ग (एमाले)

धर्मदेवी नगरपालिका, उदयचन्द्र पौडेल (एमाले)

पाँचखपन नगरपालिका, विपीन राई नेपाली काँग्रेस

सभापोखरी गाउँपालिका, भीमबहादुर लिम्बु नेपाली काँग्रेस

सिलीचोङ गाउँपालिका, भूपाल राज राई नेपाली काँग्रेस

भोटखोला गाउँपालिका, वाङ छेदर लामा (एमाले)

मकालु गाउँपालिका, ओङदी छिरीङ शेर्पा नेपाली काँग्रेस

मादी नगरपालिका, जिवन लिंथेप (एमाले)

तेर्हथुम पालिका ६

कांग्रेस ३, एमाले ३

आठराई गाउँपालिका, दिलकुमार पाहीम नेपाली काँग्रेस

छथर गाउँपालिका, सन्त वीर लिम्बु (एमाले)

फेदाप गाउँपालिका, केशव प्रसाद भेटवाल नेपाली काँग्रेस

मेन्छयायेम गाउँपालिका, यादव बहादुर खापुङ्ग (एमाले)

म्याङलुङ नगरपालिका, सञ्जय कुमार तुम्वाहाङफे (एमाले)

लालिगुँरास नगरपालिका, अर्जुन मावोहाङ नेपाली काँग्रेस

भोजपुर पालिका ९

कांग्रेस ३, माओवादी २, एमाले ३, स्वतन्त्र १

अरुण गाउँपालिका, शालिकराम खत्री नेपाली काँग्रेस

आमचोक गाउँपालिका, अशोक राई (माओवादी केन्द्र)

टेम्केमैयुङ गाउँपालिका, सरोज बस्नेत नेपाली काँग्रेस

पौवादुङमा गाउँपालिका, किरण राई (एमाले)

भोजपुर नगरपालिका, कैलाश कुमार आल नेपाली काँग्रेस

रामप्रसाद राई गाउँपालिका, थाम बहादुर राई (माओवादी केन्द्र)

षडानन्द नगरपालिका, सुरेन्द्र कुमार उदास (एमाले)

साल्पासिलिछो गाउँपालिका, दौलथ कुमार कुलुङ(राई) स्वतन्त्र

हतुवागढी गाउँपालिका, प्रेम कुमार राई  (एमाले)

धनकुटा पालिका ७

कांग्रेस ४, एमाले ३, 

सहिदभूमि गाउँपालिका, मनोज राई (एमाले)

चौविसे गाउँपालिका, राज कुमार लिम्वु (एमाले)

छथर जोरपाटी गाउँपालिका, छत्रबहादुर सुव्वा नेपाली काँग्रेस

धनकुटा नगरपालिका, चिन्तन तामाङ्ग (एमाले)

पाख्रिवास नगरपालिका, ज्ञान बहादुर गुरुङ्ग नेपाली काँग्रेस

महालक्ष्मी नगरपालिका, ध्रुवराज राया नेपाली काँग्रेस

सागुरीगढी गाउँपालिका, जितेन्द्र राई नेपाली काँग्रेस

––

मोरङ्ग पालिका १७

एमाले ९, कांग्रेस ८, 

उर्लावारी नगरपालिका, गंगा प्रसाद खरेल (एमाले)

कटहरी गाउँपालिका, देवराज चौधरी नेपाली काँग्रेस

कानेपोखरी गाउँपालिका, राजमति इङ्गनाम (एमाले)

केरावारी गाउँपालिका, सुमन मिरिङचिङ मगर (एमाले)

ग्रामथान गाउँपालिका, जय प्रकास गच्छदार थारु नेपाली काँग्रेस

जहदा गाउँपालिका, जितेन्द्र प्रसाद साह नेपाली काँग्रेस

धनपालथान गाउँपालिका, जिवछ प्रसाद गच्छदार नेपाली काँग्रेस

पथरी शनिश्चरे नगरपालिका, मोहन प्रसाद तुम्वापो (एमाले)

बुढीगंगा गाउँपालिका, जित नारायण थापा मगर नेपाली काँग्रेस

बेलवारी नगरपालिका, दिल प्रसाद राई (एमाले)

मिक्लाजुङ गाउँपालिका, बवी कुमार राई नेपाली काँग्रेस

रंगेली नगरपालिका, दिलीप कुमार अग्रवाल  (एमाले)

रतुवामाई नगरपालिका, नागेश्वर प्रसाद सिंह गंगाई नेपाली काँग्रेस

लेटाङ नगरपालिका, भुपेन्द्र कुमार लावती (एमाले)

विराटनगर महानगरपालिका, नागेश कोईराला नेपाली काँग्रेस

सुनवर्षी नगरपालिका, श्याम प्रसाद राजवंशी (एमाले)

सुन्दरहरैंचा नगरपालिका, केदार प्रसाद गुरागाई (एमाले)

––

सुनसरी पालिका १२

कांग्रेस ७, एमाले ३, जसपा १, स्वतन्त्र १

इटहरी उपमहानगरपालिका, हेम कर्ण पौडेल नेपाली काँग्रेस

इनरुवा नगरपालिका, केदार भण्डारी नेपाली काँग्रेस

कोशी गाउँपालिका, ऐयुव अंसारी नेपाली काँग्रेस

गढी गाउँपालिका, आश नारायण चौधरी (एमाले)

दुहवी नगरपालिका, बेद नारायण गच्छदार नेपाली काँग्रेस

देवानगन्ज गाउँपालिका, बेचनप्रसाद मेहता जसपा 

धरान उपमहानगरपालिका, हर्क राज राई स्वतन्त्र

बराहक्षेत्र नगरपालिका, रमेश कार्की नेपाली काँग्रेस

बर्जु गाउँपालिका, जिवछ कुमार राय  (एमाले)

भोक्राहा नरसिंह गाउँपालिका, अजमल अख्तर मिया नेपाली काँग्रेस

रामधुनी नगरपालिका, शंकर लाल चौधरी (एमाले)

हरिनगर गाउँपालिका, गफार अंसारी मिया नेपाली काँग्रेस

-- --

सोलुखुम्बु पालिका ८

कांग्रेस ५, एमाले २, माओवादी १

खुम्वु पासाङल्हमु गाउँपालिका, मिङमा छिरी शेर्पा (एमाले)

माप्य दुधकोशी गाउँपालिका, बुद्धि किरण राई (एमाले)

थुलुङ दुधकोशी गाउँपालिका,अशिम राई (माओवादी केन्द्र)

नेचासल्यान गाउँपालिका, धन जन राई नेपाली काँग्रेस

महाकुलुङ गाउँपालिका, सुर्य बहादुर राई नेपाली काँग्रेस

लिखु पिके गाउँपालिका, मिना देवी कार्की नेपाली काँग्रेस

सोताङ गाउँपालिका, खिलराज बस्नेत नेपाली काँग्रेस

सोलु दुधकुण्ड नगरपालिका, नाम्गेल जाङबु शेर्पा नेपाली काँग्रेस

––

खोटाङ्ग पालिका १०

कांग्रेस ६, एमाले २, माओवादी २

ऐसेलुखर्क गाउँपालिका, गीरेन्द्र बहादुर राई (एमाले)

केपिलासगढी गाउँपालिका, समिर राई नेपाली काँग्रेस

खोटेहाङ गाउँपालिका, उदिम बहादुर राई (माओवादी केन्द्र)

जन्तेढुंगा गाउँपालिका, अरुणा देवी राई (माओवादी केन्द्र)

दिप्रुङ चुइचुम्मा गाउँपालिका, लोकेन्द्र राई (एमाले)

बराहपोखरी गाउँपालिका, शालिक राम बन्जरा नेपाली काँग्रेस

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, तीर्थराज भट्टराई नेपाली काँग्रेस

रावा बेसी गाउँपालिका, फटिक कुमार श्रेष्ठ नेपाली काँग्रेस

साकेला गाउँपालिका, रवि प्रकाश राई नेपाली काँग्रेस

हलेसी तुवाचुङ नगरपालिका, विमला राई नेपाली काँग्रेस

––

ओखलढुंगा पालिका ८

कांग्रेस ४, एमाले १, माओवादी १, जसपा १, स्वतन्त्र १

खिजिदेम्वा गाउँपालिका, गम्बु शेर्पा जसपा, नेपाल

चम्पादेवी गाउँपालिका, नवराज के.सी(खत्री) नेपाली काँग्रेस

चिशंखुगढी गाउँपालिका, निशान्त शर्मा बास्तोला (माओवादी केन्द्र)

मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुंगा ज्ञानेन्द्र रुम्दाली स्वतन्त्र

मोलुङ गाउँपालिका, उत्तम राई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

लिखु गाउँपालिका, अशोक कुमार कार्की नेपाली काँग्रेस

सिद्धिचरण नगरपालिका, तेजन खनाल नेपाली काँग्रेस

सुनकोशी गाउँपालिका,कमल तामाङ नेपाली काँग्रेस

––

उदयपुर,  पालिका ८

कांग्रेस २, माओवादी ३, एमाले २, एकीकृत समाजवादी १, 

उदयपुरगढी गाउँपालिका, मानवहादुर केप्छाकीमगर (एकिकृत समाजबादी)

कटारी नगरपालिका,राजेस चन्द्र श्रेष्ठ नेपाली काँग्रेस

चौदण्डीगढी नगरपालिका, कालु मान लामा (एमाले)

ताप्ली गाउँपालिका, ढुङ्ग राज विश्वकर्मा (माओवादी केन्द्र)

त्रियुगा नगरपालिका, भागवत राउत नेपाल कम्युनिष्ट पार्टी (एमाले)

रौतामाई गाउँपालिका, विरेन्द्र कुमार मगर (माओवादी केन्द्र)

वेलका नगरपालिका, अशोक कार्की नेपाली काँग्रेस

लिम्चुङ्बुङ गाउँपालिका, मेजरकुमार राई (माओवादी केन्द्र)


Share:
Reaction :
ताजा समाचार
खेलकुद