प्रधानमन्त्री देउवाले गरे डडेल्धुराबाट मतदान


खबरस्टोरी संवाददाता
३० बैशाख २०७९, शुक्रबार
प्रधानमन्त्री देउवाले गरे डडेल्धुराबाट मतदान
डडेल्धुरा। प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । 

मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।  उनी मतदान सकेर आज काठमाडौं फर्कने जनाइएको छ।