Media Network

प्रधानमन्त्री देउवाले गरे डडेल्धुराबाट मतदान


खबरस्टोरी संवाददाता

३० बैशाख २०७९,शुक्रबार

डडेल्धुरा। प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । 

मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।  उनी मतदान सकेर आज काठमाडौं फर्कने जनाइएको छ। 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद