पर्वतको महाशिलामा एमाले विजयी


खबरस्टोरी संवाददाता
३ जेष्ठ २०७९, मंगलवार
पर्वतको महाशिलामा एमाले विजयी
काठमाडौँ। पर्वतको महाशिला गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । विजयी  ईश्वरी भुसालले २७४३ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी अशोक उच्चै ठकुरीले २३०६ मत ल्याएका थिए । 

उपाध्यक्षमा विजयी धनसोभा विकले २७०६ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका वीराज हमालले १९६९ मत ल्याए। महशिलाका छवटा वडामध्ये वडा नं ५ लुङ्खुदेउरालीमा नेपाली कांग्रेस विजयी भएको छ भने बाँकी सबै वडामा नेकपा एमाले प्यानलसहित विजयी भएको छ ।