पशुपतिनाथ परिसरभित्र बालेनकाे चुनाव प्रचार


खबरस्टोरी संवाददाता
२० बैशाख २०७९, मंगलवार
पशुपतिनाथ परिसरभित्र बालेनकाे चुनाव प्रचार
काठमाडौँ।  काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर बालेन शाह घरदैलो अभियानमा जुटेका छन्। निर्वाचन आयोगले  शाहलाई लौरो चुनाव चिन्ह दिएपछि उनि घरदैलो अभियानमा जुटेका हुन् । 

घरदैलो अभियान अन्तर्गत मंगलबार र्‍यापर शाह पशुपतिनाथ परिसरभित्र प्रचारप्रसारमा जुटेका छन्। रुद्राक्षकाे माला र राष्ट्रिय झण्डा ओढेर बालेन आफैँ चुनाव प्रचारमा सहभागी भएका थिए ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले शनिबार चुनाव चिह्न प्रदान गरेको थियो । हाल आफ्ना एजेण्डाहरु पेश गर्दै उनीहरु घरदैलो अभियानमा व्यस्त बनेका हुन्।