घरदैलो अभियान अन्तर्गत मंगलबार र्यापर शाह पशुपतिनाथ परिसरभित्र प्रचारप्रसारमा जुटेका छन्। रुद्राक्षकाे माला र राष्ट्रिय झण्डा ओढेर बालेन आफैँ चुनाव प्रचारमा सहभागी भएका थिए ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले शनिबार चुनाव चिह्न प्रदान गरेको थियो । हाल आफ्ना एजेण्डाहरु पेश गर्दै उनीहरु घरदैलो अभियानमा व्यस्त बनेका हुन्।