Media Network

पत्रकार साहले गरे जनमत पार्टीबाट मेयर उम्मेदवार घोषणा


खबरस्टोरी संवाददाता

२२ चैत्र २०७८,मंगलवार

जनकपुर । पत्रकार वीपी साहले जनमत पार्टीको तर्फबाट आफूलाई मेयर उम्मेदवार घोषणा गरेका छन् । 

काठमाडौंमा बसेर लामो समय पत्रकारिता गर्दै आएका साहले धनुषको सबैला नगरपालिकाको मेयर पदको उम्मेदवार घोषणा गरेका हुन् । 

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पछिल्लो समय मधेसका जिल्लाहरुमा किसान आन्दोलन चर्काउँदै आएको छ । गत पुस ९ गतेदेखि किसान आन्दोलन थालेको जनमत पार्टीले मधेसका जिल्लाहरुमा संगठन विस्तार गर्दै आएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद