Media Network

एमाले पदाधिकारीमा एक्ली महिला


खबरस्टोरी संवाददाता

३ पुष २०८२,बिहीबार

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमा एक जना महिला मात्रै अटाएका छन् । ९ सचिवमध्ये ओली प्यानलबाट उम्मेदवार बनेकी पद्माकुमारी अर्यालले १५ सय ३० मत ल्याएर विजयी भएकी छिन् ।

अर्याल यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएकी थिइन् । २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई राजनीतिमा सक्रिय भएकी पद्ममा २०३९ मा अनेरास्ववियु पाँचौँमा संगठित भएकी थिइन् ।

२०६९ सालमा एमालेको स्याङ्जा जिल्ला अध्यक्ष भएकी उनी २०७४ मा स्याङ्जा २ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्। ०६४ को पहिलो संविधानसभामा समानुपातिक प्रणालीबाट निर्वाचित भएका बेला भने उनी प्राकृतिक स्रोत तथा राजस्व बाँडफाँड समिति सदस्य थिइन् ।

१९ पदाधिकारीका लागि भएको निर्वाचनमा ३ जना महिला मात्रै पदाधिकारीमा प्रतिष्पर्धामा थिए । उपाध्यक्षमा डा. विन्दा पाण्डे र सचिवमा पद्मा सहित रचना खड्का प्रतिष्पर्धामा उत्रिएका थिए । पद्मा निर्वाचित हुँदा ईश्वर गुटमा रहेकै कारण डा. विन्दा र रचना हार ब्यहोरेका छन् । पाण्डेले ९ सय २१ मत ल्याउँदा रचनाले ८ सय ७७ मतले पराजित भइन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद