Media Network

राजविराज नगरपालिका मेयर शम्भु यादवद्वारा राजीनामा


खबरस्टोरी संवाददाता

९ बैशाख २०७९,शुक्रबार

सप्तरी । सप्तरी सदरमुकाम राजविराज नगरपालिका मेयर शम्भु  यादवले शुक्रबार पदबाट राजीनामा दिएका छन् । 

२०७४ को स्थानीय तह निर्वाचनमा उनी तत्कालीन राजपातर्फबाट  मेयर पदमा विजयी भएका थिए ।

उनी जनता समाजवादी पार्टीबाट अध्यक्ष पदमा उम्मेदवारको आकांक्षी हुन् । यादव पुनः मेयरमा उम्मेदवारी दिनका लागि राजिनामा दिएका हुन् ।

बहालवाला जनप्रतिनिधि पुनः उम्मेदवार हुन चाहनेले हाल कायम रहेको पदबाट राजीनामा दिनुपर्ने व्यवस्थाअनुरुप राजिनामा दिएको अध्यक्ष यादवले बताए ।


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद