सार्वजनिक घोषणापत्रमा कक्षा १२ सम्म पूर्ण निःशुल्क बनाउने उल्लेख छ । साथै सबै स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने र एक एक प्रतिभाशाली विद्यार्थीलाई चिकित्सा शास्त्र र इन्जिनियरीमा छात्रवृत्ति दिने सार्वजनिक पत्रमा उल्लेख छ ।
यसैगरी, सुत्केरीलाई तीन महिननासम्म मासिक तीन हजार रुपैयाँका दरले सुत्केरी भत्ता दिने पनि राप्रपाले घोषणापत्रमा उल्लेख छ ।
हरेक वडामा प्रसूति सेवा दिने र किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध खोप दिने राप्रपाले प्रतिबद्धता जनाएको छ । छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउने पनि उल्लेख छ । सार्वजनिक घोषणापत्रमा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख छ ।
राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, स्थायित्व र समृद्धिका लागि देशमा सर्वधर्म, समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रलाई राप्रपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।
परम्परागत रूपमा चलिआएका मूल्यमान्यतालाई निरन्तरता दिने, स्थानीय तहमा ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्नेलगायतका विषयमा राप्रपाले प्रतिबद्धता जनाएको छ ।