Media Network

रौतहटको गुजरा नगरपालीकाको मेयरमा जसपा र उपमेयरमा कांग्रेस विजयी


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

रौतहट । रौतहटको गुजरा नगरपालीकाको मेयरमा जनता समाजवादी पार्टीका उम्मेदवार सन्तलाल चौधरी र उपमेयरमा कांग्रेसकी उम्मेदवार रत्ना लामा विजयी भएका छन् । 

जसपाका चौधरीले ५ हजार १ सय ४३ मत सहित मेयरमा निर्वाचित भएका भएका हुन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादी पार्टीका उम्मेदवार केशव राय यादवले ४ हजार ७ सय ९९ मत प्राप्त गरे । 

त्यस्तै उपमेयमा नेपाली कांग्रेसकी उम्मेदवार रत्ना लामाले ६ हजार १० मत प्राप्त गरी विजय भइन् ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद