Media Network

सबै पालिकाको नेतृत्व कांग्रेसले लिएपछि नवलपुरमा गठबन्धन भाँडियो


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा सत्ता गठबन्धन पाँच दल सम्बद्ध नेपाली कांग्रेसले सवै पालिकामा नेतृत्व लिएपछि गठबन्धन भाँडिएको छ । नवलपरासीपूर्व चारै वटा नगरपालिकामा कांग्रेसले मेयर उम्मेदवार घोषणा गरेको छ । कांग्रेसले गैंडाकोट नगरपालिकामा मदनभक्त अधिकारी, कावासोती नगरपालिकामा महेन्द्र पोखेरेल, देवचुली नगरपालिकामा अशोक बस्ताकोटी र मध्यबिन्दु नगरपालिकामा सूर्य गुरुङलाई नगर प्रमुख पदको उम्मेदवार घोषणा गरेको छ ।

यसअघि देवचुली नगरपालिकामा सोही नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत एवम् उपसचिव विष्णु भुसाललाई मेयर पदको उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको थियो । झण्डै २५ वर्ष सरकारी सेवामा रहेका भुसाल देवचुली नगरको मेयर बन्न आएको भन्दै कांग्रेसभित्र असन्तुष्टी चुलिएपछि पार्टीले बस्ताकोटीलाई देवचुलीको प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

तर उक्त निर्णय सोमबार उम्मेदवार मनोनयन गर्नुअघि सार्वजनिक नगर्ने कांग्रेसले निर्णय गरेको छ । यद्यपि कांग्रेस नेता कार्यकर्ताहरुले नै सामाजिक सञ्जालबाट पार्टीको पछिल्लो निर्णय सार्वजनिक गरेका छन् । जिल्लाको दुई नगरपालिकाको उपमेयरमा भने गठबन्धनका अन्य दललाई दिन सकिने गरी कांग्रेसले स्पेश राखेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद