Media Network

०२९ सालदेखिका वडाध्यक्षलाई भतिजले हराए


खबरस्टोरी संवाददाता

५ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । ललितपुर महानगरपालिकामा २०२९ सालदेखि वडाध्यक्ष जित्दै आएका नरसिंह व्यञ्जनकार यो पटक पराजित भएका छन् । पञ्चायतकालदेखि वडाध्यक्ष जित्दै आएका ब्यञ्जनकार प्रजातन्त्र प्राप्तीपछि दल बिना नै चुनाव जित्दै आएका थिए । उनी ८१ वर्ष पुगिसकेका छन् । 

पहिलो पटक संघीय संरचना कार्यान्वयन हुँदा २०७४ पनि उनी स्वतन्त्रबाट वडाध्यक्ष जितेका थिए । यसपाली पनि ११ औं पटक उनी स्वतन्त्रबाटै वडाध्यक्ष लडे । यो पटक उनका भतिजा रविनमान व्यञ्जनकारले आफूलाई सघाउन आग्रह गरे पनि उनले वेवास्ता गर्दै उम्मेदवारी दिएका थिए । 

नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका नरसिंहको आफ्नै भतिजो रबिनमानको प्रतिष्पर्धा उनैसँग देखियो । भतिज रविनमानले ८२५ मत ल्याउँदा नरसिंहले ५४३ मत पाए । 

नरसिंह २०२९ सालमा पहिलो पटक वडाध्यक्ष बनेका थिए । त्यतिबेला उनले दरबार निकट मानिने देवेन्द्रलाल अमात्यलाई हराएका थिए । त्यसयता ललितपुर महानगरपालिका वडा नम्बर १० को वडाध्यक्ष बन्दै आएका नरसिंहलाई यहाँका एक एक मतदाताले चिनेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद