Media Network

सामाजिक सञ्जालमा प्रचार गर्ने उम्मेदवार र दललाई कारबाही


खबरस्टोरी संवाददाता

१७ बैशाख २०७९,शनिबार

काठमाडौं । निर्वाचन आयोगले विना जानकारी सामाजिक सञ्जालबाट निर्वाचनको प्रचार गर्ने उम्मेदवारलाई कारबाही गर्ने जनाएको छ । कुनै राजनीतिक दल वा उम्मेदवारले आयोग वा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयको स्वीकृत नलिइ सामाजिक सञ्जालमा राजनीतिक विज्ञापन गरेको पाइएमा त्यसलाई आचारसंहिता उलंघन कार्य मानी कारबाही हुने आयोगले जनाएको छ ।

स्थानीय निर्वाचन २०७९ को प्रयोजनका लागि दर्ता भएका ७९ दललाई निर्वाचन आयोगले पत्राचार गर्दै उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको २४ घण्टाभित्र सामाजिक सञ्जालको प्रयोगबारे जानकारी दिन भनेको छ । 

निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिताको परिधिभित्र रही आफ्नो प्रचारप्रसार गर्न सामाजिक सञ्जाल खाताको प्रयोग गर्ने भएमा सो विवरण उम्मेदवारको अन्तिम सूची प्रकाशन भएको २४ घण्टाभित्र राजनीतिक दलको हकमा निर्वाचन आयोग र उम्मेदवारको हकमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सामाजिक सञ्जालको खाताको विवरण अनिवार्य बुझाउन माग निर्देशन दिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद