Media Network

सुनसरीको बराहक्षेत्रको मेयर कांग्रेस, उपमेयर एमाले विजयी


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका रमेश कार्कीले १९ हजार २ सय ९३ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका निलम खनालले १४ हजार १५४ मत ल्याए । 

यस्तै, मेयरका राप्रपा उम्मेदवार श्यामकुमार सुब्बाले १ हजार ३ सय १५ मत प्राप्त गरे भने जसपाका उत्तमकुमार राइले ७ सय ९६ मत ल्याए । 

यस्तै, उपमेयरमा नेकपा एमालेकी नन्दकुमारी सुनुवार विजयी भएकी छन् । उनले १५ हजार ७६६ मत ल्याउँदा माओवादी केन्द्रका अमित गौतमले १० हजार १४४ मत प्राप्त गरे । 

उपमेयरमा राप्रपाकी पुनम बिकले १ हजार ६ सय ४७ मत ल्याइन् भने एकीकृत समाजवादीका  लक्ष्मण चौधरीले ८ सय ३५ मत प्राप्त गरे । 

१२ पालिका रहेको सुनसरीबाट नेपाली कांग्रेसले १ उपमहानगरसहित ६ वटा पालिकामा जितेको छ भने एमालेले ३ पालिका र जसपा र स्वतन्त्रले एक एक पालिकाको नेतृत्व हात परेको छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद