Media Network

सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी


खबरस्टोरी संवाददाता

६ जेष्ठ २०७९,शुक्रबार

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी भएको छ । मेयरमा ललनप्रसाद गुप्ता र उपमेयरमा मुनाकुमारी पोखरेल विजयी भएका छन् ।

गुप्ता ७ हजार ८८९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका भोलाकुमार पासवानले ५ हजार ७०४ मत ल्याए ।

यस्तै, एमालेका मेयर उम्मेदवार मो.कलिम मियाँले ५ हजार २ सय ५, जनमत पार्टीका इन्द्रदेव कौडगीयाले ४ हजार ८ तथा राप्रपाका श्रवणकुमार विष्टले ४ सय ७ मत प्राप्त गरे । 

उपमेयरमा पोखरेल ७ हजार ७४ मत ल्याएर विजयी भइन् ।  निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना चौधरीले ५ हजार ५४७ मत प्राप्त गरिन् ।

यस्तै, उपमेयरका उम्मेदवार जसपाकी कल्पना चौधरीले ५ हजार २ सय ३८, जनमत पार्टीकी सम्झना रानाले ४ हजार १ सय ८८ मत प्राप्त गर्दा माओवादी केन्द्रका बंशी प्रसाद चौधरीले ४ सय ६७ तथा एकीकृत समाजवादीकी होमकुमारी पोखरेलले ४ सय १६ मत प्राप्त गरिन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद