Media Network

सिरहाको बरियारपट्टीमा जसपा विजयी


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

काठमाडौं । सिरहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का सन्तोष कुमार महतो निर्वाचित भएका छन् । महतोले ३ हजार ८४४ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उपेन्द्र प्रसाद यादवले ३५३४ मत ल्याए ।

 यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी ममता कुमारी यादवले ३ हजार ९९७ मत प्राप्त गरी विजयी भइन् ।  उनको निकटतम प्रतिस्पर्धी सियाकुमारी यादवले ३ हजार ४८५ मत पाइन् । 

बरियारपट्टी गाउँपालिका वडा नम्बर १, २, ४ र ५ मा नेपाली कांग्रेस र वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष विजयी भएका छन् ।

सिरहाका १७ पालिकामध्ये अब गोलबजार गाउँपालिकाको मात्र मत परिणाम सार्वजनिक हुन बाँकी छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद