Media Network

सुर्खेतको सिम्तामा गठबन्धनलाई हराउँदै एमाले विजयी


खबरस्टोरी संवाददाता

६ जेष्ठ २०७९,शुक्रबार

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस र माओवादीको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा एमालेका ऐनबहादुर चन्द विजययी भएका हुन् । चन्द ६ हजार १ सय ७० मतसहित विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका वीरेन्द्र रावतले ५ हजार ८ सय ५२ मत ल्याए ।

उपाध्यक्षमा गोमा रेग्मीले ६ हजार ९१ मत ल्याएर विजयी भइन् । गठबन्धनतर्फबाट माओवादी केन्द्रका चित्रबहादुर हमालले ५ हजार ३ सय ११ मत ल्याए ।

सिम्ता गाउँपालिकामा ९ वटा वडामध्ये १,२,३,४,५ एमाले र ६, ७, ८ र ९ गठबन्धन दलबाट नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद