Media Network

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


खबरस्टोरी संवाददाता

१४ असार २०७९,मंगलवार

काठमाडौं । सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बाजुराको बुढीगंगाका दलबहादुर सावदले यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

बिवाद देखिएपछि निर्वाचन आयोगले असार २३ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो जसका विरुद्ध निर्वाचन आयोगमा रिट दायर भएको थियो । तर, अदालतले भने पुनःमतदान रोक्ने विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासको आदेशसँगै बुढीगंगामा असार २३ गते निर्वाचनका लागि बाटो खुलेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद