Media Network

संशोधित विधान पारित, केन्द्रीय समिति ३०१ सदस्य बन्ने


खबरस्टोरी संवाददाता

२९ मंसिर २०८२,आईतवार

काठमाडौँ । नेकपा एमालेको पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने गरि संशोधन गरेको विधान जारी ११ औं महाधिवेशनको बन्दसत्रबाट पारित भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी निर्णय गरेको विधान संशोधन प्रस्ताव आइतबार बन्दसत्रमा महाधिवेशन प्रतिनिधिले ताली बजाएर अनुमोदन गरेका हुन् । 

महाधिवेशनको बन्दसत्र शुरु हुनुअघि केन्द्रीय समितिको अन्तिम बैठकले १९ पदाधिकारीसहित ३०१ जनाको केन्द्रिय कमिटी रहने गरि विधान संशोधन गर्ने निर्णय गरेको थियो । जसअनुसार महाधिवेशनबाट ४५ सदस्य स्थायी कमिटी र ९९ सदस्य पोलिटब्यूरो निर्माण गरिनेछ ।  यसैगरी एमालेले युवाहरुका लागि ५ प्रतिशत युवाहरुका लागि क्लष्टर छुट्याएको छ । 

बन्दसत्रमा ओली–ईश्वर कटाक्ष 

बन्दसत्रमा अध्यक्ष ओलीले विधान संशोधन गरी धेरै नेतालाई जिम्मेवारी दिनुपर्ने आवश्यक भएको बताएका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने विधान संशोधनको प्रतिवाद गर्न खोजेका थिए । बन्दसत्रको पहिलो दिन अध्यक्ष ओली र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले धारणा राखेका थिए ।

ओलीले संकटको बेलामा आफ्नै साथीले घेराबन्दी गरेको भन्दै पोखरेलसमक्ष गुनासो गरेका थिए । डोको भोलिका दिनमा तपाइँलाई पनि फाल्नुपर्छ भन्दै ओलीले पोखरेललाई कटाक्ष गरेका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद