Media Network

गठबन्धनको चुनावी बैठक : केन्द्रबाटै भागबण्डाको कसरत


खबरस्टोरी संवाददाता

२९ चैत्र २०७८,मंगलवार

काठमाडौं । सत्ता गठबन्धनको मंगलबार पनि चुनावी बैठक बस्दैछ । गठबन्धनका शीर्ष नेताहरुले तालमेल गरेरै जाने भन्दै सोमवार अपिल जारी गरेका थिए । 

स्थानीय निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल गर्न बैठक मंगलबार साँझ ४ बजे बस्ने भएको छ । आजको बैठकमा कसरी निर्वाचन सफल बनाउने भन्ने विषयमा छलफल केन्द्रित गर्दैछन् । 

बैठकमा स्थानीय निर्वाचनलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र गठबन्धन समर्थित उमेदवारहरुलाई कसरी विजय गराउने भन्नेबारेमा छलफल केन्द्रित हुने बताइएको छ ।

पाँचदलीय सत्ता गठबन्धनले देशका ६ महानगरमा केन्द्रीय तहबाटै भागबन्डामार्फत उम्मेदवार तोक्ने तयारी गर्दै अन्य स्थानीय तहका पार्टीका संयन्त्रलाई ठाउँ र अवस्थाअनुसार तालमेल गर्न संयुक्त आह्वान गरेका छन् ।

सोमबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा देशका ६ महानगरमा केन्द्रीय तहबाट नै उम्मेदवार तय गर्ने सहमति भएको थियो । कांग्रेस सभापतिसहित शीर्ष नेताहरु सबै स्थानीय तहमा केन्द्रबाट भागबण्डा मिलाउने कसरतमा छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद