Media Network

सत्ता गठबन्धनको चुनावी कार्यक्रम सातै प्रदेशमा संयुक्त


खबरस्टोरी संवाददाता

८ बैशाख २०७९,बिहीबार

काठमाडौं । सत्ता गठबन्धन पाँच दलले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको संयोजकत्वको निर्वाचन चुनावी समितिले सातै प्रदेशमा संयुक्त सभा गर्ने निर्णय गरेको हो । 

सत्ता गठबन्धनले वैशाख १८ देखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी आमसभा गर्ने निर्णय गरेका छन् । गठबन्धनको निर्णयअनुसार 

भएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन संयन्त्रको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।

उक्त सभाहरूलाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजक समेत गरी ६ जना शीर्ष नेताहरुले सम्बोधन गर्ने गठबन्धनले जनाएको छ ।  निर्णयअनुसार वैशाख १८ गते धनगढीमा आमसभा हुनेछ भने सोही दिन सुर्खेतमा पनि हुनेछ । 

यस्तै वैशाख १९ गते बुटवल र पोखराका साथै २० गते विराटनगर र जनकपुरमा हुनेछ । यसैगरी २२ गते काठमाडौंमा आमसभा हुनेगरी कार्यक्रम बनाइएको संयन्त्रका सदस्यसचिव केशवराज जोशीले जानकारी दिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद