Media Network

सत्ता गठबन्धनको चुनावी प्रतिवेदन शीर्ष नेतालाई बुझाइँदै


खबरस्टोरी संवाददाता

२८ चैत्र २०७८,सोमबार

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको चुनावी प्रतिवेदन सोमबार शीर्ष नेताहरुलाई बुझाइँदैछ । गठबन्धनले गठन गरेको कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिले पार्टीका शीर्ष नेतृत्व समक्ष प्रतिवेदन बुझाउन लागेको हो ।  

कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको सो समितिले समितिले सबै दलको स्थानीय तहमा रहेको पछिल्लो अवस्थाबारे विवरण सङ्कलन गरी प्रतिवेदन तयार पारेको छ । 

आइतवार समिति संयोजक पौडेलको अध्यक्षतामा प्रधानमन्त्री निवास  बालुवाटारमा बसेको बैठकले देशभरका  स्थानीय तहबाट आएको विवरणको आधारमा तयार पारेको प्रतिवेदनलाई अनुमोदन गरेको हो । 

चुनावी गठबन्धनमा पनि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा आवद्ध छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद