सत्ता गठबन्धनले आज धनगढीमा चुनावी सभा गर्ने, देउवा र प्रचण्डले सम्बोधन गर्दै


खबरस्टोरी संवाददाता
२६ बैशाख २०७९, सोमबार
सत्ता गठबन्धनले आज धनगढीमा चुनावी सभा गर्ने, देउवा र प्रचण्डले सम्बोधन गर्दै
काठमाडौ । सत्ता गठबन्धन दलहरुले सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा (आज) सोमबार चुनावी सभाको आयोजना गरेको छ ।

बिहान ११ बजे सुरु हुने सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यसका लागि प्रधानमन्त्री देउवा आइतबार बेलुका नै धनगढी पुगिसकेका छन्। उनी धनगढीस्थित आफ्नै निवासमा बास बसेका छन्। सोमबार धनगढीको भेलालाई सम्बोधन गरेपछि देउवा गृहजिल्ला डडेल्धुरा जाने तयारी छ। 

यस्तै प्रचण्डले कैलालीको धनगढीसहित कैलारी र कञ्चनपुरको बेलौरीमा हुने आमसभालाई सम्बोधन गर्नेछन् ।