वैशाख ३० मा ९९ प्रतिशत मत खसेको भनिएको बुढीगंगा नगरपालिकामा विहीबार भएको पुनः मतदानमा ६६.८३ प्रतिशत मात्रै मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताए ।
बिहीबार भएको स्थानीय तह निर्वाचनको मतगणना अहिले केहीबेरमै सुरु गर्न लागिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
मतगणनाको तयारीका लागि बिहान साढे नौ बजेतिर सर्वदलीय बैठक बसेको थियो ।