Media Network

स्थानीय चुनावः तीन पार्टीको तीन तरिका


खबरस्टोरी संवाददाता

२४ चैत्र २०७८,बिहीबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी दौड विचित्रको छ । 

कांग्रेसले आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई जिल्ला जिल्लामा प्रतिनिधि खटाएर घरघरमा भोट मागेर हिँडिरहँदा एमाले र माओवादी केन्द्रका दुई शीर्ष नेता आफै चुनावी दौडमा छन् । 

ठूला ठूला कार्यक्रम र जनमासमा सम्बोधनबाट माहौला बढाउने दुई नेताले रणनीति बनाइरहँदा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा भने चुनाव माहौल बनाउन काठमाडौंबाट दिल्ली धाएका छन्, गाउँ गाउँमा कार्यकर्तालाई परिचालन गरेका छन् । 

सरकारको नेतृत्व गरेको कांग्रेसले ‘घर घर जाऔं, कांग्रेसलाई जिताउँ’ भन्ने अभियान शुरु गरेको एक महिना हुन लागिसकेको छ । फागुन २९ गतेदेखि शुरु गरेको कांग्रेसको चुनाव लक्षित यो अभियान चैत २९ गते सकिनेछ । 

खासगरी कांग्रेसले अरु पार्टीले भन्दाअघि नै आफ्नो पक्षमा माहौल बनाउन र एक्लै चुनाव लड्न सकिन्छ कि सकिदैन भनेर बुझ्नका लागि केन्द्रीय नेताहरुलाई गाउँ पठाएको थियो । 

गाउँ गएको एक साताभित्रै केन्द्रीय प्रतिनिधिलाई काठमाडौं बोलाएर कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्यो । अभियान सकिएपछि मात्रै चुनावी गठबन्धनबारे निर्णय गर्ने बताएको कांग्रेसले अभियानकै बीचमा सत्ता गठबन्धन दलहरुसँग तालमेल नगरी चुनाव नजित्ने निश्कर्ष निकाल्यो । 

अहिले केन्द्रमा सत्ता गठबन्धन उम्मेदवारको भागबण्डामा केन्द्रित छ भने जिल्ला जिल्लामा आ–आफ्नै ढंगले चुनाव प्रचारमा छन् । 

यता, प्रमुख प्रतिपक्षी दल एमाले भने देशब्यापी चुनाव प्रचार र मासबेस कार्यक्रममा केन्द्रित देखिएको छ । खासगरी एमालेविरुद्धको गठबन्धन बनेपछि एमालेलाई निकै चुनौती छ । त्यसैले पार्टी अध्यक्ष केपी शर्मा ओली हेलिकोप्टर चढेरै देशभर दौडिएका छन् । 

सत्ता गठबन्धनकै अर्को दल माओवादी केन्द्र भने कांग्रेस र एमालेको जस्तो बलियो संगठन नभएकाले प्रचण्ड नै देशब्यापी माहौला बनाउन कुँदिरहेका छन् । कहिले रोल्पाको शहीद गेट कहिले चितवनको आफ्नो क्षेत्र । प्रचण्ड एक्लै कुदेर फेरि पनि भावनामा बग्न खोजिरहेको चितवनको सम्बोधनबाट प्रतित हुन्छ । उनले चितवनमा पुगेर हिजो रेणुलाई प्रचण्डपुत्री भन्ने गरेकाहरु आज आफूलाई रेणुका बुवा भन्ने गरेको भन्दै चितवनमा रणुको उचाई बढाउने प्रयत्य गरेका थिए । 

गणतन्त्र स्थापना भई शासनसत्ता आफूले लिएको यतिका वर्ष हुँदा पनि जनपक्षीय काम गर्न नसकेका ठूला दलहरु जनताप्रति भोट पाउनेमा विश्वस्त छैनन् । त्यसैले विभिन्न रंग दिएर चुनावी दौडमा छन् । 

चुनावी दौड चलिरहँदा बुधबार चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज सिरहा जाँदैछन् । उनले यो निर्वाचनमा सबैभन्दा बढी शहीदका नाममा कार्यकर्ताको भावनालाई समेट्ने प्रयत्न गरेको उनी सहभागी कार्यक्रमबाट देखिएको छ । प्रचण्डले हरेक ठाउँमा शहीद गेट, टावर, शालिक उद्घाटन गर्दै हिडेका छन् । विहीबार पनि उनले सिरहामा शहीद गेट उदघाटन गर्ने कार्यक्रम राखेका छन् । 

सिरहामा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका सहिदको स्मृतिमा गेट बनाइएको छ । 

२०७० को संविधानसभा निर्वाचनमा सिरहा प्रचण्डको निर्वाचन क्षेत्र भएको जिल्ला पनि थियो । क्षेत्र नम्बर–५ बाट उनी संविधानसभा सदस्यको रूपमा विजयी भएका थिए ।

कार्यक्रममा सम्बोधन गर्न लागेका छन् । ओली नेपालगञ्ज र बर्दियाको दुई ठूला कार्यक्रम सकेर अन्य साना कार्यक्रमहरुमा पनि सहभागी हुँदैछन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद