Media Network

८ हजार उम्मेदवारी फिर्ता, एक लाख ४५ हजार कायम


खबरस्टोरी संवाददाता

१८ बैशाख २०७९,आईतवार

काठमाडौँ । स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा ८ हजार जनाले फिर्ता लिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । झण्डै ८ हजारले उम्मेदवार फिर्ता लिएपछि करिब एक लाख ४५ हजार उम्मेदवार कायम हुने देखिएको छ ।  

निर्वाचन आयोगले सबै उम्मेदवारहरुलाई शनिवार नै निर्वाचन चिन्ह प्रदान गरेको छ । निर्वाचन चिन्ह नपाए पनि दलीय उम्मेदवारले आफ्नो निर्वाचन चिन्हको प्रचारप्रसार गर्दै आएका थिए । स्वतन्त्र उम्मेदवारहरुले भने शनिवार निर्वाचन चिन्ह पाएसँगै चुनाव प्रचारमा लागेका छन् । 

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार बेलुकासम्म सबै उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । 

निर्वाचन आयोगले शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको थियो । उम्मेदवारहरुले वैशाख २७ गते राती १२ बजेसम्म प्रचारप्रसार गर्न सक्नेछन् । वैशाख २७ गते राती १२ बजेपछि मौन अवधि शुरु हुने आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन यही वैशाख ३० गते विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद