काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी स्थानीय निर्वाचनलाई लक्षित गरी बैशाख २९ र ३० मा नेपाल बन्दको घोषणा गरेको छ। तत्कालीन नेकपा माओवादीबाट टुक्रिएर गएको समूहले चुनाव बहिष्कार र नेपाल बन्दको कार्यक्रम राखेको विज्ञप्ति मार्फत उल्लेख गरेको हो।
विज्ञप्ति मार्फत् जनसत्ता र जनमुक्ति सेना निर्माण गरि सशस्त्र जनविद्रोहको माध्यमबाट वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा अग्रसर बनौं भन्ने नाराका साथ वैशाख २९ र ३० गते नेपाल बन्द सफल पार्न आग्रह गरिएको छ ।