Media Network

स्थानीय तह चुनावः एमालेको घोषणापत्र सार्वजनिक


खबरस्टोरी संवाददाता

९ बैशाख २०७९,शुक्रबार

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि एमालेले केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयको च्यासलस्थित भवनबाट अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । 

एमालेले केन्द्रीय घोषणापत्रसँगै ७५३ वटै पालिकाको प्रतिबद्धता पत्र पनि सार्वजनिक भइरहेको छ । सबै पालिकाले आ–आफ्नो क्षेत्रमा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछन् । 

स्थानीय तह निर्वाचनका लागि एमालेका ६ संकल्प

आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विभिन्न ६ वटा संकल्प गरिएको छ । एमालेले जनप्रतिनिधिलाई शासक नभई जनताको सेवक भनेको छ ।

एमालेले आफ्ना जनप्रतिनिधिहरू शासक नभई जनताका सेवक हुने, जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुने, आफ्नो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्ने, आफ्ना पार्टीका जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्ने, जनप्रतिनिधिहरूले कुनै भ्रष्टाचार नगर्ने तथा कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने, आफ्ना जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पु¥याउन अग्रणी भूमिका खेल्ने जस्ता संकल्प गरेको छ ।

प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयमा सुधार

एमालेले शुक्रबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालय सुधारमा पनि जोड दिएको छ । 

गुणवान र सक्षम नागरिक तयार गर्न शिक्षा सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दैसामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमूलक र जीवनउपयोगी बनाउने एमालेले घोषणापत्रमा उल्लेख गरेको छ । 

विद्यालय जाने उमेरका सबै बालबालिकालाई प्रारम्भिक बालविकास लगायत आधारभतू तथा माध्यमिक शिक्षामा सहज पहँुच पुर्याउने तथा बीचैमा पढाइ छाड्ने समस्याको समाधान गर्ने र विद्यालय जान नसक्ने बालबालिकाका लागि विशेष व्यवस्था गर्ने समेत घोषणापत्रमा उल्लेख छ । 

विपदका कारण विद्यालय जानबाट बञ्चित बालबालिकाहरूका लागि विशेषव्यवस्था गर्ने, पालिकाहरूलाई पूर्ण साक्षर घोषणा गर्ने, प्रौढ तथा अभिभावक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, जीवन पर्यन्त सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षासम्बन्धी कार्य सञ्चालन गर्ने प्रतिवद्धता एमालेले जनाएको छ ।

‘पुस्तकालय स्थापना गर्ने, सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रतिष्पर्धी र सहज पहुँचभित्र पुर्याउन पर्याप्त कक्षा कोठा, पुस्तकालय र प्रयोगशाला, विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था, आवश्यक जनशक्ति, तालिम, खेलकुद मैदान, विद्यालय यातायात सुविधा सनिश्चित गर्ने पनि घोषणापत्रमा जनाइएको छ । 

‘बालिकामैत्री शौचालयको व्यवस्था, स्यानिटरी प्याडको नियमित र भरपर्दाे वितरण, बालिका छात्रवृत्ति, विद्यालय नर्स सेवा कार्यक्रमलाई निरन्तरता दिई विस्तार गर्ने, विद्यार्थीका लागि पोशाक, दिवा खाजा, पाठ्यसामग्री जस्ता प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने,’ घोषणापत्रमा लेखिएको छ । 

प्रत्येक पालिकामा कम्तिमा एउटा प्राविधिक माध्यमिक विद्यालय स्थापना गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ ।

माध्यमिक शिक्षालाई क्रमशः निःशुल्क र अनिवार्य बनाउने, सामुदायिक विद्यालयको गुणस्तर विकास गरेर स्थानीय विद्यालयमै पढ्ने वातावरण निर्माण गर्ने,’ घोषणापत्रमा उल्लेख छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद