Media Network

स्थानिय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भयो : निर्वाचन आयोग


खबरस्टोरी संवाददाता

३० बैशाख २०७९,शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले भोली हुने स्थानिय तहको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताएको छ । 

बिहीवार निर्वाचन अयोगले पत्रकार सम्मेलन गरी आयोगले निर्वाचनको सम्पूर्ण तयारी पुरा गरेको जनाकारी गराएका हुन् । मौन अवधिमा भएका आचारंहिता विपरितका गतिविधिहरुको आयोगले निगरानी गरिरहेको पनि अयोगले बताउको छ । 

आचारसंहिता उल्लङ गरेको भन्दै आयोगले नेकपा एमालेका उपमहासचिव पृथ्पी सुब्बा गरुङ, माओवादीकी बागमति प्रदेश सदस्य गंगा दाहाल लगायतलाई २४ घण्टे स्पष्टिकरण सोधेको पनि अयोगले बताएको छ । 

आयोगले सम्पुर्ण जनताहरुलाई स्थानिय तहको मतदान प्रक्रियामा सहभागी हुन् अपिल समेत गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद