सार्वजनिक मत परिणामअनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म १९३ पालिकामा जित निकालेको छ भने एमाले १२४ पालिकामा जित निकाल्दै कांग्रेसलाई पछ्याइरहेको छ ।
यस्तै, अहिलेसम्म तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ८४ स्थानमा प्रमुख पदमा जित निकालेको छ भने सत्ता गठबन्धनमै रहेको एकीकृत समाजवादीले अहिलेसम्म ७ पालिकाको प्रमुखमा जित हासिल गरेको छ । प्रमुख पदमा ५ जना स्वतन्त्र उम्मेदवारले जित निकालेका छन् ।
पछिल्लो मत परिणामअनुसार, कांग्रेस १२४ स्थानमा अग्रता लिइरहेको छ भने एमालेले ७९ र माओवादी केन्द्रले ३६ स्थानीय तहमा अग्रता लिइरहेको छ ।
यस्तै, एकीकृत समाजवादीले १३ स्थानको प्रमुख पदमा अग्रता लिइरहँदा ५ जना स्वतन्त्र उम्मेदवारले पनि अग्रता लिइरहेका छन् ।