काठमाडौ । देशभरको स्थानीय तह निर्वाचन अन्तर्गत जारी मतगणनामा देशभरबाट ५ सय ४४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
अन्तिम मत परिणाम सार्वजनिक भएका ५४४ पालिकामध्ये नेपाली कांग्रेसले २४४ स्थानीय तहको प्रमुख पदमा विजयी भएको छ । जारी गणनामा अरु ७४ स्थानमा कांग्रेसले अग्रता कायम राखेको छ ।
अहिलेसम्म दोस्रो स्थानमा देखिएको नेकपा एमाले १ सय ५६ स्थानीय तहमा निर्वाचित भएको छ । एमाले अरु ५१ स्थानीय तहमा अगाडि छ ।
यस्तै, अहिलेसम्म तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १०५ स्थानमा प्रमुख पदमा जित हासिल गरिसकेको छ । माओवादी केन्द्रले अरु १७ ठाउँमा अग्रता कायम राखेको छ ।
यसैगरी सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले अहिलेसम्म १२ स्थानीय तह जितेको छ । उसले अरु २० स्थानीय तहमा अग्रता कायम राखेको छ ।
गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादीले अहिलेसम्म १० पालिकाको प्रमुखमा जित हासिल गरेको छ । एकीकृत समाजवादीले अन्य ९ स्थानीय तहमा अग्रता लिएको छ ।