Media Network

श्री एयरलाइन्सको जहाज विमानस्थलमै चिप्लियो


खबरस्टोरी संवाददाता

१९ आश्विन २०७८,मंगलवार

काठमाडौं । श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिप्लिएको छ । 

विमानस्थलको पार्किङबाट रनवेतिर जाँदा चिप्लिएर घाँसतिर पुगेको हो । श्री एयरको उक्त विमान काठमाडौंबाट मंगलबार विहान नेपालगञ्ज जान लागेको थियो । उक्त जहाजमा कुनै पनि क्षति नभएको विमानस्थल स्रोतले जनाएको छ । 

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जहाजमा यात्रु भए पनि कसैलाई चोटपटक नलागेको बताए ।  

जहाज धावनमार्गमा नभएकाले अरू उडान प्रभावित नभएको विमानस्थल अधिकारीहरुले बताएका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद