Media Network

टिकापुरको प्रमुखमा नागरिक उन्मुक्ति विजयी


खबरस्टोरी संवाददाता

५ जेष्ठ २०७९,बिहीबार

कैलाली। कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नगरप्रमुखमा रामलाल डगौरा थारु विजयी भएका हुन्  ।  

थारुले तीन दलीय गठबन्धनबाट नगर प्रमुखमा उम्मेदवार बनेका नेपाली कांग्रेसका नवराज रावललाई हराए । उनले नौ हजार ६४२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावलले ६ हजार ६४२ मत ल्याएका छन् । 

त्यस्तै उपप्रमुखमा नागरिक उन्मुक्तिकी उल्कादेवी विकलाई हराउँदै गठबन्धनबाट उपप्रमुखका उम्मेदवार खडक शाह विजयी भएका छन् । शाहले सात हजार ९५५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी विकले सात हजार ८०२ मत ल्याएका छन् । 

टीकापुरमा तीन वडामा माओवादी केन्द्र, तीनमा कांग्रेस, दुईमा नागरिक उन्मुक्ति पार्टी र एउटामा एमाले विजयी भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद