Media Network

तालमेल नभएको पालिकामा पनि केन्द्रको स्वीकृति लिन माओवादीको निर्देशन (परिपत्रसहित)


खबरस्टोरी संवाददाता

२९ चैत्र २०७८,मंगलवार

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा तालमेल हुन नसकेको स्थानीय तहले पनि पार्टी केन्द्रबाट स्वीकृति लिनुपर्ने निर्णय गरेको छ । पाँच दलीय गठबन्धन कायम राख्दै निर्वाचनमा पनि गठबन्धनबाटै भाग लिने तयारी गरेको माओवादी केन्द्रले प्रदेश र जिल्लालाई परिपत्र पठाउँदै तालमेल हुन नसकेको स्थानीय तहमा गठबन्धनसँग नै चुनावी प्रतिष्पर्धा गर्नुपर्ने अवस्था आएमा पार्टी केन्द्रको स्वीकृति लिनुपर्ने जनाएको छ । 

जिल्ला तथा प्रदेश समितिलाई विशेष सर्कुलर पठाउँदै पार्टी केन्द्रको विधि र प्रक्रिया अवलम्बन गर्न निर्देशन दिइएको छ । 

नेकपा (माओवादी केन्द्र)ले सत्ता गठबन्धन दलसँग तालमेल हुन नसकेका स्थानीय तहमा गठबन्धन दलसँगै चुनावी प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आए पार्टी केन्द्रको अनिवार्य स्वीकृति लिनुपर्ने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनका लागि महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरुको नाम पार्टीका प्रदेश समितिहरुले सर्वसम्मत भए एक एक जना तथा सर्वसम्मत नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालय पेश गर्न पनि माओवादी अध्यक्ष प्रचण्डले प्रदेश समितिलाई निर्देशन दिएका छन् । केन्द्रीय कार्यालयले उम्मेदवारको अन्तिम निर्णय गरी पठाउने परिपत्रमा उल्लेख छ । 

यस्तै, नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सिफारिस सम्बन्धित पालिका समितिहरुले गर्ने र सम्बन्धित जिल्ला समितिहरुको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउने तथा त्यसको अनुमोदन केन्द्रीय कार्यालयबाट गराउनुपर्ने पनि परिपत्रमा उल्लेख छ । 

परिपत्र हेर्नुस्ः




Share:
Reaction :
ताजा समाचार
खेलकुद