तुलसीपुर उपमहानगर अपडेट : कसले कति मत ल्याए ?


खबरस्टोरी संवाददाता
८ जेष्ठ २०७९, आईतवार
तुलसीपुर उपमहानगर अपडेट : कसले कति मत ल्याए ?
दाङ।  दाङको तुलसीपुर उपमहानगरपालिकाको ३७ हजार ८५२ मत गन्दा मेयर पदका एमाले उम्मेदवार टीकाराम खड्काले अग्रता लिइरहेका छन् । उनले १५ हजार ९१७ मत ल्याएर अग्रता लिइरहेका हुन् । 

खड्कालाई १४ हजार ९५५ मत ल्याएर कांग्रेसका गेहेन्द्र गिरीले पछ्याइरहेका छन् । 

उपमेयरमा एमालेकी स्यानी चौधरीले १५ हजार ६८ मत ल्याएर अग्रता लिँदा नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले  ११ हजार ७४ मत ल्याएर पछ्याइरहेका छन् ।