काठमाण्डौँ । नेकपा एमालेले तुल्सीपुर उप–महानगरपालीका–१७ को वडा अध्यक्षको उम्मेदवारको टिकट लबरू चौधरीका छोरा प्रदिप चौधरीलाई दिएको छ ।
नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका लबरु चौधरीको निधन भएपछि उनका छोरा प्रदिप चौधरीले टिकट पाएका हुन् । आज प्रदिप चौधरीले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । अब त्यस वडामा जेठ ३ गते मतदान हुने भएको छ ।