Media Network

तुल्सीपुरमा गठबन्धनलाई पछि पार्दै मेयर र उपमेयरमा एमालेको अग्रता कायमै


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

दाङ । तुल्सीपुर उपमहानगरपालीकाको मेयर र उपमेयर दुबैमा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवारहरुले अग्रता बनाएका छन् । 

एमालेका टीकाराम खड्काले १५ हजार ४ सय ५ मत प्राप्त गर्दा गठबन्धन तर्फबाट कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरिले १४ हजार ५ सय ९४ मत सहित खड्कालाई पछ्याइरहेका छन् । 

त्यस्तै उपमेयरमा पनि एमालेकी उम्मेदवार स्यानी चौधरीले अग्रता लिएकी छन् । चौधरीले १४ हजार ६ सय १५ मत प्राप्त गर्दा गठबन्धन तर्फबाट एकीकृत समाजवादीका जोगबहादुर रानाले १० हजार ८ सय ९२ मत सहित चौधरिलाई पछ्याइरहेकी छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद