Media Network

तिलोत्तमामा एमालेविरुद्ध गठबन्धन, संयुक्त घोषणापत्र बनाउने तयारी


पविता पौडेल

२२ चैत्र २०७८,मंगलवार

बुटवल । रूपन्देही स्थानीय तह निर्वाचनमा आवश्यक ठाउँमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले देशका विभिन्न जिल्लामा तालमेल गर्ने निर्णय गरिरहेका छन् । रुपन्देहीका विभिन्न पालिकाहरुमा पनि गठबन्धनको संयुक्त बैठक आयोजना गरि नगरको जिम्मेवार दिने तयारीमा भइरहेको छ ।

त्यस्तै, तिलोत्तमा नगरपालिकामा पाँच दलीय गठबन्धनले संयुक्त घोषणापत्र बनाउने तयारी गरेका छन् । पाँच लदको संयुक्त वैठकले संयुक्त घोषणापत्र बनाएर निर्वाचनमा जाने निर्णय गरेको हो । 

तिलोत्तमा नगरपालिका एमालेको आधार क्षेत्र र बिगतको निर्वाचनमा पनि एमालेले जितेको नगरपालिका हो । अहिले पाँच दलीय गठबन्धनले गर्दा एमालेलाई चुनावी मैदानमा उत्रिन निकै चुनौति देखिएको छ । 

सबै वडाहरुबाट आएका उम्मेदवारहरुलाई पार्टीको प्रस्ताबको रुपमा रहेको र गठबन्धनले सयुक्त रूपमा फाइनल गर्ने गरि आउने गठबन्धनले निर्णय गरेका छन् । नगरमा सरकारी बजेटलाई दुरुपयोग गरेर चुनावी गतिविधि गरेको आरोप लगाउँदै गठबन्धनले त्यसको प्रतिकार गर्नुपर्ने निश्कर्ष निकालेका छन् । 

चुनावलाई लक्षित गर्दै तिलोत्तमामा क्रियाशिल पाँच दलीय गठबन्धनले संयुक्त रुपमा बैठकको आयोजना गरि नगरको उम्मेदवार घोषणा गर्ने जनाएको छ । आउँदो स्थानीय चुनावमा केन्द्र र जिल्लाको निर्णयलाई आत्मसात गर्दै पाँच दलीय गठबन्धनले सबैलाई समेट्ने गरि संयुक्त घोषणापत्र बनाएर जाने निर्णय गरेको छ ।

तिलोत्तमा नगरपालिकामा पाँच दलीय गठबन्धनसहित शसक्त रूपमा एकजुट भएर अघि बढ्ने सर्बसमत निर्णय भएको नेकपा माओवादी केन्द्र तिलोत्तमा नगरका प्रवक्ता अनिल चापागाईंले जानाकारी दिए ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस नगर सभापति हरिलाल पाण्डे, नेकपा ( माओवादी केन्द्र) नगर अध्यक्ष बेलप्रसाद शर्मा, नेकपा समाजवादी अध्यक्ष राजेन्द्र सुवेदी, राष्ट्रिय जनमोर्चा प्रतिनिधि शिवराम घिमिरे, नेपाली काङ्ग्रेस उपसभापति कल्याण पौडेल, नेकपा समाजवादी इन्चार्ज कृष्ण भुसाल र राष्ट्रिय जनमोर्चा प्रतिनिधि टानबहादुर केसी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद