वडाध्यक्ष ८५, महिला सदस्य ८५, दलित महिला सदस्य ८५ र वडा सदस्य १७० गरी कूल ४४५ जना उम्मेदवार विजयी भएको उनले बताए । कांग्रेस वडाध्यक्ष ४६, महिला सदस्य ४७, दलित महिला सदस्य ४७ र वडा सदस्य १०० मा विजयी भएको छ ।
त्यसैगरी नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेबाट चार प्रमुख र दुई उपप्रमुखसहित १५५ सिटमा विजयी भएको छ । वडाध्यक्ष २८ महिला र दलित महिला ३२/३२ र वडा सदस्य ५७ सिटमा विजयी गरेको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले एक प्रमुख र तीन उपप्रमुखसहित ३४ सिटमा विजयी भएर तेस्रो स्थानमा रहेको छ । वडाध्यक्ष सात, महिला सदस्य पाँच, दलित महिला सदस्य छ र वडा सदस्य १२ वटामा विजयी भएको हो । त्यसैगरी, स्वतन्त्रबाट चार वडाध्यक्ष, एक महिला सदस्यमा विजयी भएको छ भने राप्रपाले एक वडा सदस्यमा विजयी भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।