Media Network

त्रियुगा नगरपालिका मेयर कांग्रेस, उपमेयर एमाले विजयी


खबरस्टोरी संवाददाता

१६ जेष्ठ २०७९,सोमबार

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले निर्वाचित भएको छ । मेयरका कांग्रेस उम्मेदवार बसन्त कुमार बस्नेत १३ हजार ९ सय ५९ मत ल्याइ निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८ सय ७३ मत ल्याए । 

यस्तै, एकीकृत समाजवादीका मेयर उम्मेदवार बलदेव चौधरीले ९ हजार १ सय ४७ मत ल्याए । प्रारम्भिक मतगणनाका क्रममा एकीकृत समाजवादीका चौधरीले अग्रता लिएका थिए । 

यस्तै, उपमेयरमा एमालेकी महेश्वरी राई १३ हजार ७ सय ३ मत प्राप्त गरी निर्वाचित भइन् । उनको निकटतम प्रतिद्वन्द्वी सरिता राईले ११ हजार ९ सय ८१ मत पाइन् । 

माओवादी केन्द्रका उपमेयरकी उम्मेदवार गीता खड्काले ६ हजार ५ सय ६८ मत पाइन् । 

देशैभरका ७५३ स्थानीय तहमध्ये अब बाजुराको बुढीगंगा नगरपालिकाको मात्रै नतिजा बाँकी रहेको छ । बुढीगंगा नगरपालिकामा बैशाख ३० गते सत्तारुढ कांग्रेस र एमालेले नै बुथ कब्जा गरेपछि आयोगले मत रद्द गरेको छ । यो नगरपालिकामा पुनः मतदान हुने भएको छ । 

अहिलेसम्मकाे परिणाम अाएका  ७ सय ५२ पालिकामध्ये नेपाली कांग्रेसले ३ सय २९ स्थानीय तहमा नेतृत्व हत्याएको छ । कांग्रेसले ललितपुर महानगरपालिकासहित १४१ पालिका प्रमुख र १ सय ८८ गाउँपालिका अध्यक्षसहित जित हासिल गरेको छ । 

यसैगरी, नेकपा एमाले ८२ पालिका प्रमुख र १२३ अध्यक्षसहित २ सय ५ स्थानीय तहको प्रमुख जित्दै दोस्रो बन्यो । 

यस्तै, नेकपा माओवादी केन्द्र १२१ स्थानीय तहको नेतृत्व जित्दै तेस्रो स्थानमा रह्यो । माओवादीले एक महानगर, एक उपमहानगरपालिकासहित २५ पालिका प्रमुख र ९६ गाउँपालिका अध्यक्ष जित्यो । 




Share:
Reaction :
ताजा समाचार
खेलकुद