ट्वीटरको ट्रेन्डिङमा ह्यास ट्याग 'भोट फर बालेन शाह'


खबरस्टोरी संवाददाता
२७ बैशाख २०७९, मंगलवार
ट्वीटरको ट्रेन्डिङमा ह्यास ट्याग 'भोट फर बालेन शाह'
काठमाडौँ। काठमाडौं महानगरपालिकाको निर्वाचन अन्तर्गत मेयर पदमा र्‍यापर बालेन शाहको उपस्थिति निकै रोचक बनिरहँदा यतिबेला सामाजिक सञ्जाल ट्वीटर प्रयोगकर्ताहरूले ह्यास ट्याग 'भोट फर बालेन शाह' अभियान चलाइरहेका छन् । 

 चुनाव प्रचार गर्न पाउने अन्तिम दिन आज (मंगलबार) बालेन शाहलाई समर्थन गर्ने अभियानमा ट्वीटर प्रयोगकर्ता लागेका हुन् । उनीहरूले 'भोट फर बालेन शाह' भन्दै चुनाव प्रचारलाई सोसल मिडियामा पनि तीव्रता दिएका छन्। 

सुरुमा सामान्य उम्मेदवारका रूपमा लिइएका बालेनलाई अहिले भने सामाजिक सञ्जालमा व्यापक जनसमर्थन मिलिरहेको देख्न सकिन्छ। शाह काठमाडौँ महानगरपालिकामा मेयरका लागि स्वतन्त्र उम्मेदवारको रुपमा 'लौरो' चिन्ह लिएर चुनावी मैदानमा उत्रेका छन् । विशेष गरी युवा र नयाँ मतदाताको जमातले उनीमाथि समर्थन गरिरहेको छ ।