दुई पालिकामा निर्वाचन अधिकृत हेरफेर


खबरस्टोरी संवाददाता
६ बैशाख २०७९, मंगलवार
दुई पालिकामा निर्वाचन अधिकृत हेरफेर
काठमाडौं । निर्वाचन आयोगले दुई निर्वाचन अधिकृतको हेरफेर गरेको छ । आयोगको सोमवार बसेको बैठकको निर्णयअनुसार अछाम र धादिङ्का दुई पालिकाका निर्वाचन अधिकृत हेरफेर गरिएको हो । 

आयोगले अछामको मंगलसेन नगरपालिकाका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीस नबीनकुमार जोशीको ठाउँमा सुर्खेतका न्यायाधीस मनोज श्रेष्ठलाई नियुक्त गरेको छ । 

यस्तै, आयोगले धादिङको नेत्रावती बडजोङ गाउँपालिकाका निर्वाचन अधिकृत आनन्दराज पन्तको ठाउँमा विशेष सरकारी वकिल कार्यालय काठमाडौंकी श्रीकला पौडेललाई नियुक्त गरेको छ ।