Media Network

ठूला तीन पार्टीः कसको कति जनप्रतिनिधि ? (सूचीसहित)


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को परिणाम अन्तिम अवस्थामा पुगेको छ । निर्वाचन आयोगकाअनुसार अहिलेसम्म ७२९ स्थानीय तहको नतिजा आइसकेको छ । २४ वटा पालिकाको मतगणना जारी छ । 

अहिलेसम्मको परिणामअनुसार स्थानीय तहमा नेपाली कांग्रेस पहिलो शक्ति बनेको छ । नेपाली कांग्रेसको अहिलेसम्म कुल १३ हजार ४ सय ५९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । 

निर्वाचन आयोगकाअनुसार नेपाली कांग्रेसले १३३ पालिका प्रमुख, १०४ उपप्रमुख, १८७ पालिका अध्यक्ष, १८९ उपाध्यक्ष जितेको छ । 

अहिलेसम्म कांग्रेसले वडाध्यक्ष २६०१, महिला सदस्य २५५३, दलित महिला सदस्य २४९८ र सदस्य ५१९५ जितेको छ । 

यसैगरी, स्थानीय तहको निर्वाचनबाट नेकपा एमाले दोस्रो शक्तिका रुपमा दरिएको छ । एमालेले अहिलेसम्म पालिका प्रमुख ७६, उपप्रमुख १०१, पालिका अध्यक्ष १२३ र उपाध्यक्ष १२५ जितेको छ । 

पछिल्लो परिणामअनुसार एमालेले वडाध्यक्ष २०८०, महिला सदस्य २२८१, दलित महिला सदस्य २२२८ र सदस्य ४५६५ जितेको छ । 

यस्तै, अघिल्लो निर्वाचनमा तेस्रो शक्ति बनेको नेकपा माओवादी केन्द्र अहिले पनि तेस्रोमै रहेको छ । 

माओवादी केन्द्रको देशभरबाट अहिलेसम्म ४ हजार ९८० जना जनप्रतिनिधि निर्वाचित भएका छन् । 

माओवादी केन्द्रले पालिका प्रमुख २४, उपप्रमुख ३३, पालिका अध्यक्ष ९६ र उपाध्यक्ष ९५ वटा जितेको छ । 

यस्तै, वडाध्यक्ष १०४१, महिला सदस्य ९५०, दलित महिला सदस्य ९५९ र सदस्य १७८२ जना निर्वाचित भएका छन् । 


नेपाली कांग्रेस

प्रमुख १३३ 

उपप्रमुख १०४

अध्यक्ष १८७

उपाध्यक्ष १८९

वडाध्यक्ष २६०१

महिला सदस्य २५५३

दलित महिला सदस्य २४९८

सदस्य ५१९५


नेकपा एमाले 

प्रमुख ७६ 

उपप्रमुख १०१

अध्यक्ष १२३

उपाध्यक्ष १२५

वडाध्यक्ष २०८०

महिला सदस्य २२८१

दलित महिला सदस्य २२२८

सदस्य ४५६५


माओवादी केन्द्र 

प्रमुख २४

उपप्रमुख ३३

अध्यक्ष ९६

उपाध्यक्ष ९५

वडाध्यक्ष १०४१

महिला सदस्य ९५०

दलित महिला सदस्य ९५९

सदस्य १७८२


Share:
Reaction :
ताजा समाचार
खेलकुद