Media Network

दाङको तुल्सीपुरमा गठबन्धनलाई उछिन्दै एमालेले लियो अग्रता


खबरस्टोरी संवाददाता

७ जेष्ठ २०७९,शनिबार

दाङ । तुल्सीपुर उपमहानगरपालीकाको मेयरमा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार टीकाराम खड्काले अग्रता बनाएका छन् । 

एमालेका टीकाराम खड्काले ११ हजार ६ सय ६५ मत प्राप्त गर्दा गठबन्धन तर्फबाट कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरिले ११ हजार ४ सय ४ मत सहित खड्कालाई पछ्याइरहेका छन् । 

त्यस्तै उपमेयरमा पनि एमालेकी उम्मेदवार स्यानी चौधरीले अग्रता लिएकी छन् । चौधरीले १० हजार ९ सय ३३ मत प्राप्त गर्दा गठबन्धन तर्फबाट एकीकृत समाजवादीका जोगबहादुर रानाले ८ हजार ७ सय ३२ मत सहित चौधरिलाई पछ्याइरहेकी छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद