Media Network

देशभर ६४ प्रतिशत भोट खस्यो, ४४ केन्द्रको मतदान स्थगित : निर्वाचन आयोग


खबरस्टोरी संवाददाता

३१ बैशाख २०७९,शनिबार

काठमाण्डौँ । आज भएको स्थानिय तहको निर्वाचनमा देशभर कम्तिमा ६४ प्रतिशत मत खसेको तर अपेक्षा अनुसार मतदान नभएको निर्वाचन अयोगले बताएको छ । 

निर्वाचन अयोगले निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको बताउँदै देशभरबाट ६४ प्रतिशत मतदाता मतदान कार्यमा सहभागी भएको जनाएको छ । आयोगका अनुसार देशभर १४ जिल्लाका १७ स्थानिय तहका २८  स्थानका ४४ वटा केन्द्रको मतदान स्थगित भएको छ । उक्त स्थानको मतदान प्रक्रिया पनि रद्ध गरिएको छ ।

उता  राष्ट्रिय मानव अधिकार आयोगले शुक्रवार भएको स्थानिय तहको निर्वाचन शान्तिपूर्ण ढंगबाट हुन नसकेको निष्कर्ष निकालेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद