Media Network

देशभरबाट ३८५ स्वतन्त्र जनप्रतिनिधि निर्वाचित


खबरस्टोरी संवाददाता

१४ जेष्ठ २०७९,शनिबार

काठमाडौं । स्थानीय तहको निर्वाचन २०७९ बाट ३ सय ८५ जना स्वतन्त्र जनप्रतिनिधि निर्वाचित भएका छन् । स्वतन्त्रबाट २६६ पुरुष र ११९ महिला जनप्रतिनिधि गरी ३ सय ८५ जना निर्वाचित भएका हुन् । 

स्वतन्त्र उम्मेदवारमध्ये महानगरपालिकामा एक, उपमहानगरपालिकामा ३, नगरपालिका प्रमुखमा ३ र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

दललाई चुनौति दिँदै काठमाडौँ महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भए । 

यस्तै, स्वतन्त्रबाट उपमेयर पदमा दुई र उपाध्यक्ष पदमा दुई निर्वाचित भए भने वडाध्यक्ष १३६ निर्वाचित भएको आयोगले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद