नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थानमा आउन बाँकी छ । नयाँ जनप्रतिनिधिहरुको मतगणना कार्य नसकिएपनि आजबाट नै जनप्रतिनिधिहरुको कार्यकाल सुरु भएको मानिने छ ।
तर मत गणना नसकिएका स्थानीय तह भने आजबाट जनप्रतिनिधि बिहीन हुनेछन् । ७ सय ५३ पालिकामा मेयर÷अध्यक्ष ७ सय ५३ तथा उपमेयर÷उपाध्यक्ष गरी ७ सय ५३ जना, ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ जना खुला वडा सदस्य गरी ३५ हजार २ सय २१ जना जनप्रतिनिधि रहने व्यवस्था छ । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका र ६ हजार ७ सय ४३ वडा छन् ।