देशभरमा ४७० पालिकाको नतिजा सार्वजनिक, २५५ को मतगणना जारी, २८ को बाँकी


खबरस्टोरी संवाददाता
४ जेष्ठ २०७९, बुधबार
देशभरमा ४७० पालिकाको नतिजा सार्वजनिक, २५५ को मतगणना जारी, २८ को बाँकी
काठमाडौं। देशभर ४७० पालिकाको नतिजा सार्वजनिक भएको छ । हाल देशभरमा २५५ पालिकाको मतगणना जारी छ । बाँकी २८ मा विविध कारणले मतगणना सुरु हुन सकेको छैन ।

जसमध्ये नेपाली काँग्रेस २११ पालिका जितेर पहिलो स्थानमा छ । काँग्रेसले १११ स्थानमा अग्रता लिइरहेको छ । १३१ मा एमाले जितेको छ भने ६३ मा अग्रता लिइरहेको छ ।

माओवादी केन्द्रले ९२ पालिका जितेको छ । उसले २६ मा अग्रता बनाइरहेको छ । जसपाले ८ पालिका जित्दा २५ मा अग्रता बनाइरहेको छ ।नेकपा एसले ७ पालिका जितेको छ । उसले १३ मा अग्रता बनाइरहेको छ । लोसपा १० मा अगाडि छ ।स्वतन्त्र तर्फ पनि केही स्थानमा जीतका लागि प्रतिस्पर्धा देखिएको छ ।